नेपाली कांग्रेस मकवानपुरको सभापतिको मतगणनामा  मत परिणाम अनुसार सभापतिमा आनन्दराम पराजुलीले अग्रता हाँसिल गरेका छन् ।५सय मत गन्दा पराजुलिले १४७ मत प्राप्त गरेका छन् । यस अघि दोश्रो स्थानमा रहेका बुद्ध लामालाई पछि पार्दै जयराम लामिछाने दोश्रो स्थानमा आएका छन् ।  उनले १५७ बुद्ध लामाले १४८ मत प्राप्त गरेका छन् ।

सभापति सहित कुल ४८ पदको लागि भएको मतदानमा १ हजार ७ सय ७५ मत खसेको थियो ।

आज मध्यान्न १२ बजेबाट सुरु भएको मतगणना साँझ ६ बजे सम्पन्न भएको थियो ।  सभापति सहित कुल ४८ पदको लागि भएको मतदानमा १ हजार ७ सय ७५ मत खसेको हो ।

कांग्रेस नेतृत्वकको लागि तिन जना सभापतिको युद्धमा छन् ।  अहिले सम्मको मत गणना अनुसार पराजुलीको अग्रता कायम रहेको छ ।

सभापतिमा  उम्मेद्वारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेमा मंगलबार पुनः मतदान हुनेछ ।