कर्णाली प्रदेश सरकारले राजधानी वीरेन्द्रनगरमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र स्थापना गरेको छ । सोमबार सुर्खेतमा एक कार्यक्रमका बीच मुख्यमन्त्री जीवनबहादुर शाहीले केन्द्रको उद्घाटन गरेका हुन् । केन्द्रको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले कर्णालीका जनताले विगतमा जस्तो स्वास्थ्य समस्या नपर्ने बताउनुभयो । “गत वर्षको महामारीमा कर्णाली प्रदेशले उपकरण र अन्य सहयोग सामग्रीको चर्को अभाव झेल्नुपरेको थियो, अब हामी यो समस्याबाट मुक्त छौं,” उनले स्मरण गराए।रासस