नेपाल कम्युनिस्ट पार्टी विप्लव, मकवानपुर जिल्ला इन्चार्ज नयनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता भन्नु जनतालाई हकअधिकारबाट बञ्चित गरि कैद गर्ने सुनको पिञ्जडा हुने बताएका छन् ।

एमसिसि मार्फत अमेरिकाले देशको स्वाभिमान माथि हस्तक्षेप गरिरहेको र नेपाल र नेपालीको हकअधिकार माथि हस्तक्षेप गरि थुन्ने प्रयासमा तयार गरिएको एमसिसी नेपाली जनताकालागि हितमा नभएको बताए ।

अब देश बचाउनकालागि नागरिहरु सडकमा आउने र एमसिसी खारेज नभएमा आन्दोलनको रुप पनि कडा गरिने र जन आन्दोलन,जनसंघर्ष र क्रान्तिनै अन्तिम बिकल्प भएको बताए ।

यसै विषयमा इन्चार्ज नयनसंग गरिएको कुराकानीको भिडियो सहित ।
हेर्नुहोस् भिडियो ।।।